दफा ३६
सम्झौताको म्याद समाप्त हुनु अगावै ऋण दिएको रकमको फिर्ता भुक्तानी मांग गर्ने अधिकार
सम्झौता वा करार वा अन्य लिखतमा जुनसुकै कुरा लेखिएको भएतापनि कोषले देहायको अवस्थामा सम्झौताको म्याद समाप्त हुनु अगावै लिखित सूचना दिई ऋणी संगठित संस्थासंग आफूले लिनु पर्ने रकमको फिर्ता भुक्तानी माग्न सक्नेछः– (क) ऋणी संगठित संस्थाले ऋणको लागि दिएको दरखास्तमा कुनै विषयमा झुठ्ठा वा भ्रमात्मक विवरण दिएको छ भन्ने समितिलाई लागेमा । (ख) ऋणी संगठित संस्थाले कोषसंग गरेको ऋण सम्झौतामा उल्लेख भएका शर्तहरू पूरा गर्न नसकेमा । (ग) ऋणी संगठित संस्था आफू उपर रहेको ऋण सापटी वा पेश्की चुक्त गर्न असमर्थ छ भन्ने कुरा समितिलाई लागेमा ।